Saturday, February 17, 2018

कोरिया को सेक्स बजार र नेपाली युवाको कनेक्सन


कोरिया को सेक्स बजार र नेपाली युवाको कनेक्सन

डडेलधुराका रमेश महरा (नाम परिवर्तन) अविवाहित हुन् । कोरिया आएको चार बर्र्ष भयो तर उनी छुट्टीमा एकपटक पनि नेपाल गएका छैनन् । कोरियाको बुछन सिटीको एक प्लाष्टिक कम्पनिमा काम गर्ने उनले मासिक नेपाली दुई लाख चालीस हजार सरदर कमाउँछन तर उनले कोरिया आएर धेरै पैसा यौन मस्तीमा उडाए । महिनामा कम्तिमा दुईपटक यौनबजारमा उनको बाँस हुन्थ्यो उनी सोच्दथे रंग रमाईलो विनाको के जिवन दुर्भाग्य आज उनी दश महिना देखि यौन रोग सिफलिसको औषधी सेवन गरिरहेका छन् ।

दाङ्ग घर बताउने मुरारी कोरिया आएको दुई बर्र्ष पुरा भयो उनी जेजु प्रान्तको जेजु सिटीको एक कृृषि फर्र्ममा काम गर्र्र्दथे उनको फर्ममा भियतनामी महिला चार र उनी एक्ला पुरुष थिए । काम गदै जादा एक भियतनामी महिलासँग प्रेममा परे । दुइ हप्तामा एकपटक बिदा पार्ईने आर्र्ईतबार मोटल (लज) मा बिताउथे । यो प्रक्रिया छ महिना चल्यो । उनले यो अबधिमा एक रुपैयाँ नेपाल पठाएनन् । उनले झुटो प्रेममा परेको चाल पाए जब ती महिलाले आफु गर्र्भवती भएको बहानामा साठीलाख कोरियन वोन कुम्ल्याएर कुलेलाम ठोकिन । पछि थाहा भयो ती महिला अबैधानिक रहेको ।
भैरहवाका महतब आलम बुसानको मोटर पार्र्टस कम्पनिमा काम गर्र्छन । उनको आम्दानीको अधिकाशं रकम उनी मसाज सहित यौन मामलामा खर्च गर्र्र्दछन् । उनी थप्छन हप्ताभरीको थकान मेटाउने यहि माध्यम उपयुक्त भएको उनको मान्यता छ तर उनलार्ई यसबाट भबिष्यमा आइपर्ने सक्ने समस्याको बारेमा सोच्ने मौका छैन ।

पर्वतका हरि खत्री ख्यङ्गदोको ह्वासङ्ग क्षेत्रमा काम गर्दथे । कोरिया आएको छ महिनामा कम्पनिले आयोजना गरेको बिशेष रात्रीपार्टीको कोरियन सँगै उपस्थिती भए खाए अनी रमाए । रात छिप्पिदै गयो मात बढदै गयो रमार्ईलोको निम्ति भन्दै कोरियन केटीसँग हिमचिम बढाएर आपसी सहमतीमा यौनसम्बन्ध बनाए तर तीन दिनमै ती महिलाले आफुलार्ई बलत्कार गरेको उजुरीका आधारमा गिरफ्तार भई जेल पुगे ।
दक्षिण कोरियाको बुसानसिटीको पानोरमा मसाज सेन्टरकी संचालीका ३१ वर्षिय कोरियन महिला जियुले आफना लगभग डेढ दर्र्जन जती नेपाली युवक नियमित ग्राहक भएको र एक रातको दुर्ई लाख कोरियन वोन खर्च गर्र्ने गरेको बताउँछीन साथै यसैलार्ई आधार मान्ने हो भने पनि नेपाली युवाहरुले कोरियाको यौन बजारमा न्युनतम मासिक चारसय मिलियम कोरियनवोन खर्र्च गर्ने गरेको देखिन्छ जुन अती नै खतरनाक अबस्था हो साथै यिनै समस्याका कारण युवाहरु डिप्रेशनको शिकार बन्ने र आत्महत्या सम्म गर्र्र्न पछि नपर्र्ने कारणको रुपमा लिन सकिन्छ ।

दक्षिण कोरियाकोे सेक्स बजार पूर्णरुपमा बैधानिक नभएतापनि सेक्सबजारको मासीक हिसाबकिताब बिलियनमा हुने गरेको र त्यसका ग्राहक आधाभन्दा बढी बिदेशी हुने गरेको स्वंयम कोरियन बताउने गर्र्दछन । बिशेष गरि कोरियामा अनुमानीत हजारभन्दा बढी मसाज सहित यौन अखडा छन् भने मुख्य यौन बजार सुवन र बियारी भन्ने ठाँउमा नेपाली युवाहरुको भिड हुने स्वयम नेपालीहरु बताउँछन ।

यो पनि पढ्नुहोस्

कोरियन ईपिएस परिक्षामा सफलता हासिल गर्नका लागि अति उपयोगी केही टिप्सहरु
सक्दो सबैलाई शेयर गर्नुहोस ल!


यहाँहरु मध्ये धेरैको मनमा लागिरहेको कुरा हुनसक्छ ईपिएस परिक्षामा साच्चिकै पास गर्न सकिएला नसकिएला?कत्तिको गारो सजिलो हुन्छ?यसको लागि साच्चिकै मेहनेत गर्यो भने कति महिनाले पुग्छ?औसत कति घण्टा पढे हुन्छ?के कुरालाइ फोकस गर्ने होला?कुन कुरा,पाठ्यक्रमको कुन च्याप्टर महत्वपूर्ण हुन्छ?अनि धेरैको साझा समस्या हुन सक्छ जति पढेपनी पढेको दिमागमा नबस्ने अनि मिनिङ्ग कण्ठस्थ पार्न नसक्ने,गरेपनि केही समय केही दिनमा सजिलै बिर्सने अनि चाहिएको बेलामा नआउने।

आज यिनै यावत समस्याहरुको समाधानको बारेमा केही कुराहरु बुदागतरुपमा बिस्तृतमा शेयर गर्नेछु। पढेर अरुलाई पनि शेयर गर्नुहोला।
१.पहिलो कुरा त आफ्नो बोलिचालि र चलनचल्तिको भाषा जस्तो अरु कसैको भाषा सजिलो हुदैन र शुरु शुरुमा लाग्दैन पनि, केही अप्ठ्यारो र कठिनाई हरु नै हुन्छन तर हामिले हरेक कुराहरुलाई रुचिपुर्बक अनि उत्सुकताका साथ मनदेखि लिने गर्यौ सिक्ने गर्यौ भने हरेक कुराहरु हाम्रो जस्तै ब्यबहारिक र सजिलो लाग्दै जानेछ ।
२.त्यसैले पढ्नुभन्दा पहिले आफुलाई तनावमुक्त बनाउनुहोस र हरेक कुराहरु रुचिपुर्बक ब्यबहारिक कुराहरु सङ्ग जोडेर हेर्ने बुझ्ने गर्नुहोस जसले गर्दा आफुले गरेका हरेक क्रियाकलाप दिमागले क्याचअप गरेर सधै भरी ब्रेनमा स्टोर हुनेछ अनि आबस्यकता अनुसार हामिले ती स्टोरिङ् मेमोरी र घटनाहरुलाई रिभिउ गरेर पुनः स्मरण गर्न सक्नेछौ।
३.जसरी तपाईं तनावरहित उत्सुक मुद्रामा तयार हुनुभयो अब तपाईहरुले आफुमा भएको आलस्यता अल्छिपना अनि निन्द्राहरुलाई पनि हटाउनुपर्छ।जस्ले गर्दा तपाईमा रहेको सम्पुर्ण उर्जाहरु जोश जागरमा परिणत गरेर आफुलाई बिषयवस्तुप्रति केन्द्रित गर्न बिशेष मद्दत मिल्नेछ।
४.आफुमा भएको मनदेखिको उर्जाशक्तिलाई जोश जागर परिणत गरेपछी बिषयवस्तुप्रति केन्द्रित गराउन ब्रेन लाईट पावर अन गरेर आखाको ज्योतिमा कनेक्ट गर्नुहोस् जसले गर्दा हरेक सैद्धान्तिक कुराहरुलाई प्राक्टिकलमा जस्तै बनाउन तपाईको आखाले ती कुराहरुलाई visiualisation गरि imagination story र characters हरुमा बदलेर पढाइ र सिकाई प्रकृयालाई सजिलो र ब्यबहारिक बनाईदिन्छ अनि brain store र momorize गर्नमा महत्वपूर्ण भुमिका खेल्छ।

५.तपाईं हामी कतिपयलाई थाहा नहुन सक्छ हाम्रो ब्रेनको बनावट क्षमता र सामर्थ्यको बारेमा तर हाम्रो ब्रेनको बनावट कार्य र क्षमताको बारेमा थाहा पाएर यसको उपयोग गर्न उत्सुक हुनुहुनेछ। हाम्रो ब्रेनको बनावट ओखरको भित्री भागजस्तै आकारमा बनेको हुन्छ यो ओखरको भित्री भाग जस्तै दुई भागमा हुन्छ जुन दायाँ र बायाँ साइडमा मिलेर बसेको हुन्छ यो शरिरको organ हरुमा ६०%fat हुन्छ र weight ३ पाउन्ड हुन्छ।जसलाई देब्रे भाग र दाहिने भाग भनेर बुझ्दा हुन्छ अनि रोचक कुरा त यि दुई भागहरु मध्ये दाहिने भाग भन्दा देब्रेको क्षमता कम रहेको हुन्छ।
हाम्रो ब्रेनको (storage) सन्चय क्षमता १००GB (गिगा बाईट) हुन्छ जुन कम्प्युटरको Hd भन्दा नि कयौ गुणा ज्यादा हो।

हाम्रो ब्रेनमा १०० बिलियन निउरोन हुन्छन जसले गर्दा हरेक जानकारीहरुलाई २७० माइल प्रती घण्टाका तिब्र गतिमा पठाउने गर्दछ जुन बिस्वको तिब्र गतिमा कुद्ने street car HENNESSEY VENOM GT भन्दा पनि ज्यादा हो।
हाम्रो आखासित कनेक्सन भएर एउटा pine cone जस्तै गरि ब्रेनको दुईभागमा च्यापिएर pineal gland रहेको हुन्छ जसलाई वास्तवमा Retinal tissue पनि भनिन्छ।जसले हरेक कुराहरु परिकल्पनाहरुलाई imagine eye ball का रुपमा काम गरेर visiualisation गरि photo receptor गर्ने काम गर्छ अनि मन मस्तिष्कमा सन्चय गर्दछ। दिमाग हाम्रो शरिरको तेस्रो आँखा अनि street of soul पनि भन्ने गरिन्छ।

५.यी माथिका कुराहरुले थाहा पाउनु भयो होला हाम्रो मस्तिष्कले के कसरी काम गर्दछ अनि यसका कार्यक्षमता अनि बनावटहरुको बारेमा।हाम्रो मानव मनमस्तिस्क सैद्धान्तिक भन्दा प्राक्टिकल कुराहरुलाई छिटो समात्ने अनि लामो समय सम्म सजिलै मेमोरिमा सन्चय गरेर भनेको बेला याद गरेर पुन सम्झन सक्ने हुन्छ उदाहरणको लागि जब कुनै कथा नाटक हरु सुनेको भन्दा रियलमा हेरेका कुराहरुलाई मस्तिकमा कैद गरेर लामो समय सम्म सम्झिन सकिन्छ। यसको मतलब हाम्रो मस्तिस्कले सुनेको कुरा भन्दा देखेको कुरालाई राम्रोसित स्टोर गर्न सक्छ ।
अनि जिबनमा घटेका हरेक राम्रा भन्दा बढी नराम्रा दुखदायी फन्नी क्रेजी घटनाहरु हाम्रो आखाले छिट्टो क्याच गरि ब्रेनले सन्चय गर्दछ।

त्यसैले हरेक पटक पढ्दा आफ्नो 3rd eye लाई ON गरेर visiualisation गरेर पढ्ने बानी गर्नुहोस
६.पढ्दा stressless भएर शान्त, दत्तचित्त भएर विषयबस्तुमा concerntrate भएर पढ्नुहोस
७.पढ्दा ब्यबहारिक कुराहरुसित दाजेर कल्पना गरि दृस्यमा बदल्दै अध्ययण गर्नुहोस जसले गर्दा पढेको कुरा तपाईंको आम जिबनमा घटी रहेका कुराहरु जस्तै गरि सजिलो र लामो समयसम्म सन्चय भएर चाहिएको बेला याद गर्न र सम्झन सजिलो होस
८.कति घण्टा पढ्ने?कुन कुन कुराहरु महत्वपूर्ण भनेर द्विबिधामा बस्नु भन्दा बुझ्ने गरि पढ्नुहोस।धेरै पढेर थोरै बुझ्न याद हुनुभन्दा थोरै पढ्नुहोस तर बुझेर याद हुनेगरि पढ्नुहोस।

९.सधै े
धेरै र राम्रो गर्ने टार्गेट बनाउनुहोस । रुटिन बनाउनुहोस र ब्रेक नगर्नुहोस।practice will make perfect भन्ने भनाईलाई नबिर्सनुहोस
१०.ADVANCED COURCE राम्ररी पढ्न, बुझ्न ब्याकरण निकै महत्वपुर्ण भएकोले ब्याकरणलाई बुझेर पढ्नुहोस अनि नया लागेको कुराहरुलाई नोट गर्ने बानी गर्नुहोस र Cornfused भएको बेला पल्टाएर हेरेर क्लिएर गरिहाल्नुहोस।
११.ब्याकरणमा भएका सबै कुराहरु,महत्वपूर्ण नै छन् तर केही स-साना कुराहरु जस्तै उच्चारण नियमहरुमा द्विबिधा छ भने त्यस्ता कुराहरु बिस्तारी पढ्दै जादा imrpove हुँदै जाने भएकोले त्यसमा नअडि particles,prepositions,noun prounouns,tense,conjunctions,irregular verbs हरुलाई बुझ्नुहोस र याद गर्नुहोस
१२.पाठ्यक्रमका सबै च्याप्टरहरु महत्वपूर्ण नै छन् त्यसैले पाठ १ देखि चित्र शब्दार्थहरु सहित याद गर्दै कोरियन सस्कृती जानकारी र क्रियाकलाप हरु राम्रो सङ्ग सबैलाई बुझ्नुहोस याद गर्नुहोस ।


No comments:

Post a Comment