पछिल्लाे समय भारतकाे बिभिन्न राज्यहरूमा दिनदहाडै लुटपाट एवम हत्याका घटनाहरू बढन थालेका छन । अन्य मुलुककाे तुलनामा याे हिंसात्मक घटनाहरू भारतमा बढी हुने गरेकाे एक तथ्याङकले देखाएकाे छ । भारतकाे पञ्जावमा यस्तै एक हत्याकाे भिडियाे सार्वजनिक भएकाे छ । सुन्दा पनि अचम्म लाग्छ होला हजारौ मान्छेको बीच एक २२ बर्षिय युवतीलाइ सबैको अगाडी गोली हानी हत्या गरिएको खबर सुन्दा । श्रोत अनुसार बिहेको रिसेप्सन पार्टीमा नाच्नका लागी केही युवतीहरुलाई बोलाइएको थियो ।
हिन्दि गीतमा नाचीरहेको अवस्थामा एक्कासी गोलीको आवाज आयो र स्टेजमा नाचीरहेकी सेतो कपडा लगाएकी युवतीको कन्चटमा गोली लागी घटनास्थल मै मृत्यु भएको भिडियोमा देख्न सकिन्छ ।हत्या किन र कसले गरेको हो भन्ने कुरा त भिडियोमा खुलाइएको छैन । तर त्यहा रहेका मान्छेहरुको बयान सुन्दा यो कुनै पर्सनल कुराले यस्तो भएको हो भन्ने दाबी गरिएको छ।सायद मायाप्रेमको कुरा पनि हुन सक्छ कि त भने मार्ने केटालाइ यी युवती यसरी नाच्दै हिंडेको मन नपर्नेहुनाले गोली हानी हत्या गरिएको हुनसक्छ भन्ने आशंका गरिएको छ ।
No comments:
Post a Comment