Thursday, April 12, 2018

सउदी जेलमा १२ वर्ष देखी बन्द उमेश यादवलाई बचाउन आज आठौं चोटी परराष्ट्र मन्त्रालय पुगेका

#निर्णायक_बैठक
#Goodnews सुनाउनकाेे लागि सराेज सरकाे
लेखय लाई हजुरहरू सम्म पुगाए।

सउदी जेलमा १२ वर्ष देखी बन्द उमेश यादवलाई बचाउन आज आठौं चोटी परराष्ट्र मन्त्रालय पुगेका थिए। आजको बैठक अति महत्वपूर्ण र निर्णायक रहयो। बैठममा सउदीको लागी नेपालको राजदुत महेन्द्र सिंह ज्यु स्वंम सउदीबाट आउनु भएको थियो, साथै परराष्ट्र मन्त्रालयका तिन उच्च अधिकारीको साथ हामी दुई जना शामिल थिए।

अहिले उमेश यादव वारे समाजिक संजाल र विभीन्न मेडिया मार्फत भ्रमपूर्ण समाचार र विडीयो प्रति आफु एकदम दुखी रहेको र यस प्रति हिजै विज्ञप्ति निकालेको जानकारी राजदुतले गराउनु भयो। साथै उहांले मेरो नाम नै किटान गरेर उमेशको लागि सरोज राय गंभीर भएर लाग्नु भएको र हाम्रो दुतावाससंग हरेक कुरामा सहकार्य गरेर अगाडी बढेको जानकारी बैठकमा गराउनु भयो र मेरो पहल प्रति मलाई धन्यवाद पनि दिनु भयो।

उमेशलाई बचाउन विगतमा दुतावासले गरेको पहल र अगाडी पनि दुतावासले गर्नलागेको पहल प्रति राजदुत ज्युले जानकारी गराउनु भयो। साथै, मैले पनि उमेश यादवलाई बचाउन यो-यो उपाय रहेको जानकारी बैठकमा गराए र मैले सुझाएको उपाय प्रति सबैजना सकारात्मक हुंदै केहि जिम्मेवारी मैले पनि पाए। बैठकमा उमेश यादवलाई बचाउन सबैको सहमतिमा एउटा रणनिती नै बन्यो तर हाल हामी सबै कुरा सार्वजनिक गर्न सक्दैनौं। साथै, राजदुत ज्युलाई विवेक दाहाल प्रति पनि ध्यानआकर्षण गराए र उसको लागि पनि पहल अगाडी बढाउने आश्वासन पायों ।

जे होस्, आजको बैठकबाट उमेशलाई बचाउन सरकारको नै स्तरबाट एउटा प्रष्ट बाटो बन्यो। साथै,

काम नहुंदा आलोचना गर्ने र काम गर्नेलाई संधै प्रशंसा गरेकोले आज अन्तमा उमेशलाई बचाउन पहलमा जुटेका सबैलाई धन्यवाद दिंदै आज बनेको रणनिती सफल होस् र सबैजनाले दिएको आश्वासन पुरा होस् भनेर मात्र चाहना रहेको छ।
#SaveUmeshYadav
Photo@ Nepal Ambassdor for Saudi Arabia Mahendra Singh, Ajit Kumar @ Saroj Ray (me)

साउदी अरेबीयामा घाँटी काटेर २४ घण्टा झुण्डाउने सजाय सुनाइएका धनुषाका उमेश यादवको फैसला हुदै

जनकपुरधाम, २६ चैत्त । साउदी अरेबीयामा घाँटी काटेर २४ घण्टा झुण्डाउने सजाय सुनाइएका धनुषाका उमेश यादवको फैसला हुने भएको छ ।
विगत १२ बर्षदेखि सउदीको जेलमा कैदी जीवन बिताईरहेका धनुषा कमला नगरपालिका वडा नं. ३ का ३७ बर्षिय उमेश यादवको मृत्यूदण्डको सजाय कार्यन्वयन हुने नहुने भनेर फैसला हुने बताइएको छ ।
सन् २००६ सालमै एक पाकिस्तानी नागरिकसँगको भनाभनकै क्रममा हुन पुगेको दुर्घटनामा दोषी करार दिँदै घाँटी काटेर २४ घण्टा चौराहामा झुण्डयाउने सउदी अदालतले आदेश दिएको छ ।
हालाकी, दुर्घटनामा ज्यान गएका पाकिस्तानी नागरिक मो. लतिपको परिवारले उमेशलाई आममाफीको लागि राजी भएको भन्दै सउदी सरकारले मृत्यूदण्डको सजाय तत्कालै स्थगित गरेको हो ।
दुर्घटनामा मृत्यू भएका मो. लतिपको श्रीमतिले सुरुमा उमेशसँग ७० लाख रुपैयाँ ब्लडमनी माग गरेको भएपनि केहीदिनपछि उनले अर्को विवाह गरेको तथा मृतक लतिपको आमाबुवाले उमेशको आममाफीको लागि भनिसकेको बुझिएको छ ।
लतिपकी श्रीमति र बुवाआमाबीच ब्लडमनीकै लागि तनावभएपछि ब्लडमनी चाहिएको वा नचाहिएको भनेर प्रष्ट समेत हुन नसकेपछि सरोकारबालाहरुसमेत अलमलमा परेका छन् ।

Tuesday, April 3, 2018

कहाली लाग्दो मृत्यु जन्मन नपाउदै आमा सँगै बच्चा जलेर खारानी ! -मृत आत्माले शान्ति पाओस….

काठमाडौं, २३ जेठ । कहिले कहीँ मृत्यु यस्तो डरलाग्दो हुन्छ कि जन्म मै प्रश्न चिन्ह लाग्छ । भारतको अखनूर भन्ने ठाँउमा ग्यास सिलेन्डर बिस्पोट भई आगलागी हुदाँ गर्भवति महिलाको हड्डि पनि बाकी रहेन । ति महिलाका साथै गर्भमै रहेको बच्चाको पनि उज्यालो देख्न नपाउदैँ मृत्यु

भयो । बिस्पोट पछि आगलागी यति ठुलो थियो कि ति महिलालाई बाहिर निकाल्ने मौका पनि मिलेन । मृत्यु हुनेमा काला राम कि श्रीमति रजनी देवी रहेको बताइएको छ ।रजनी खाना बनाइरहेको समयमा सिलेन्डर बिस्पोट भएको थियो । केहि समयमै आगलागीले हेर्दा हेर्दौ सबथोक

खारानीमा परिणत गरिदियो । घटनास्थलमा प्रहरी पुगी अनुसन्धान सुरु गरी सकेको छ । पंजाब केसरीमा समाचार छ ।

Saturday, March 24, 2018

युएस बंगला विमान दुर्घटनामा मृत्यु भएका पाइलटकी पत्नीको पनि आज मृत्यु भएको छ

९ चैत, काठमाडौं । काठमाडौंमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालककी पत्नीको शुक्रबार विहान मृत्यु भएको छ । विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानमको बंगलादेशको राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा मृत्यु भएको हो ।

उनलाई गत आइतबार हर्ट अट्याक भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु शुक्रबार विहान साढे ९ बजे भएको अस्पतालका डाक्टर खुर्शिद मोहम्मदले बंगलादेशी सञ्चार माध्यम द डेली स्टारलाई बताएका छन् ।

मुस्लिम धर्म अनुसार दाहसंस्कार गरिने उनको शव पति अबिदको चिहान नजिकै राखिने परिवारले जनाएको छ ।पाइलट अविदले चलाएको जहाज फागुन २८ गते काठमाडौंमा दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित ४९ जनाको मृतयु भएको थियो । मृत्यु हुनेमा २६ जना बंगलादेशी, १ चिनियाँ र १ जना माल्दिभ्सका नागरिक छन् । बाँकी २१ जना नेपाली रहेका थिए

Friday, March 23, 2018

उपसभामुख तामाङले भनिन: गाईको मासु खाना पाउने विधिगत नियम बनाउनु पर्छ

प्रदेश ३ का उपसभामुख राधिका तामाङले गाईको मासु सेवन गरेको आरोपमा पक्राउ परेका मकवानपुरका ३ जना व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न गृहमन्त्री रामबहादुर थापा समक्ष माग गरेकी छन् ।संगै तामांग समुदायले ऐतिहासिक काल देखि गाई गोरुको मासु खाने प्रचलन भएकोले गाई गोरु काटेर खादा जेल हाल्ने जुन ब्याबस्था छ यसलाई परिमार्जन गरि विधिगत हिसाव बाट उनीहरु माथिको अन्याय हटाउनु पर्ने बताएकी छन्
नेपाल तामाङ घेदुङले विहिबार गृहमन्त्री बादल समक्ष माग पत्र पेश गर्न पुगेका प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपसभामुख तामाङले उक्त माग गरेकी हुन् । मागपत्र पेश गर्न प्रदेश ३ का उपसभामुख तामाङ तामाङ सांसद तथा अगुवाहरु पुगेका थिए
धर्मरिनपेक्ष देशमा हरेक जातिलाई आ–आफ्नो सांस्कृतिक र धर्मिक परम्परा अनुसार कार्य गर्न पाउने संवैधानिक अधिकार भएकोले पक्राउ गर्ने कार्य बन्द गरिनुपर्ने भन्दै उनीहरुले मुल संविधानसँग बाझिने कानुनी ब्यवस्थाको खारेज गरी दिर्घकालिन समधान निकाल्न माग गरेका छन् ।
जवाफमा गृहमृन्त्री थापाले कानुन संशोधन नगरी समस्याको समाधान नहुने भन्दै त्यसको लागि आवश्यक पहल गर्ने आश्वसन दिएको घेदुङका उपाध्यक्ष कुमार घिसिङले जानकारी दिए । गाई काटेर खाएको अभियोगमा मकवानपुर पदमपोखरीका कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।

गृहमन्त्री थापाको निवास पुल्चोकमा तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ, घेदुङका प्रमुख सल्लाहकार कुमार योञ्जन, सांसद हितबहादुर तामाङ, ३ नम्बर प्रदेशका उपसभामुख राधिका तामाङ, पुर्व राज्यमन्त्री सुर्यमान दोङ र प्रदेश ३ का सांसद ओम ग्लान लगायत ध्यानकर्षण गराउन पुगेका थिए ।

Friday, March 16, 2018

हे भगवान एहन नि दर्द आदमी के घर मे कबो न बेटि के जन्म हुवे, तहन पता लागत कि बेटि कि छैय,,!


मधेश को दहेज मूक्त मधेश बनाने के लिए खड़ी बेटियां।

आप कम से कम एक शेयर तो कर सकते हैं।
अपना मधेशदहेज मूक्त मधेशबाल विवाह मूक्त मधेश
जय मधेश मधेश जय
दुनिया में बेटी नहीं होता तो बेटा कैसे होता है फिर भी लोग नहीं समझते बेटी भी चाहिए पैसे भी चाहिए यह कितनी गलत है

फटाह लुटेराहरुको प्रदाफास !! अब बन्छ नेपाल !! सक्दो शेयर गरौ !! हेर्नुहोस यो भिडियो सहित

हाम्रो नेपालमॉ पत्रकार हुनु पर्छ सॉच्चिकै चाहानुहुन्छ भने ऊहॉ Rabi Lamichhane दाई जस्तो ऊच्च बिचार र क्षमताको धनि र नेपालका Top पत्रकार।नत ऊहॉलाई डर छ नत कसैले सिकाऊनुपर्छ लौ हुनु त हुनु सच्चा नेपालका देशको दयामॉया गर्ने र ऊदारमॉ लिप्त ऊहॉको सँधै जयहोस दाई हजुरको र यो दुनिया सन्सारको यहॉ अब लुक्ने र चुक्ने छैन यो ग़लत फोहोरी समॉजका फटाहाहरुको पर्दाफास गर्नु त गर्नु कर्म गरेको फल खानै नपॉईने यहॉ लुटेराहरुको पर्दाफास हुदैछ र हुनुपर्छ अनिमॉत्र बन्छ नेपाल र दादा गुडलक हजुरको जयहोस हजुर 👏र सम्पुर्ण मॉ तिहारको शुभकामनॉ पनि हजुरहरुमॉ सबैमॉ।।।
Yo video hernu aekchoti.. जनताहरुको
हाम्रो नेपालमॉ पत्रकार हुनु पर्छ सॉच्चिकै चाहानुहुन्छ भने ऊहॉ Rabi Lamichhane दाई जस्तो ऊच्च बिचार र क्षमताको धनि र नेपालका Top पत्रकार।नत ऊहॉलाई डर छ नत कसैले सिकाऊनुपर्छ लौ हुनु त हुनु सच्चा नेपालका देशको दयामॉया गर्ने र ऊदारमॉ लिप्त ऊहॉको सँधै जयहोस दाई हजुरको र यो दुनिया सन्सारको यहॉ अब लुक्ने र चुक्ने छैन यो ग़लत फोहोरी समॉजका फटाहाहरुको पर्दाफास गर्नु त गर्नु कर्म गरेको फल खानै नपॉईने यहॉ लुटेराहरुको पर्दाफास हुदैछ र हुनुपर्छ अनिमॉत्र बन्छ नेपाल र दादा गुडलक हजुरको जयहोस हजुर 👏र सम्पुर्ण मॉ तिहारको शुभकामनॉ पनि हजुरहरुमॉ सबैमॉ।।।
Yo video hernu aekchoti..