गुण्डुमा बाघको आक्रमणमा बालकको मृत्यु
#शिबरात्रीको_दिन_दुखत_खबर
फाल्गुन १, भक्तपुर —सूर्यविनायक नगरपालिका - ७, गुण्डु पानीट्याङ्की स्थित बाघको आक्रमणबाट बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार साँझ पसल गएर फकिर्ने क्रममा स्थानीय सुनिल तामाङका ६ वर्षीय छोरा शिशिर तामाङलाई बाघले आक्रमण गरी घिसारेर जङ्गलमा लगेको हो ।
बाघले बालकलाई आक्रमण गरी बेपत्ता पारेपछि स्थानीय बासिन्दा, प्रहरी, नेपाली सेनाको टोलीले राति साढे १० बजे बालकुमारी सामुदायिक वनमा बालक शव फेला पारेको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी दिपक श्रेष्ठले बताए ।
बाघले जङ्गलमा बालक खाईरहेको अवस्थामा फेला परेको र मानिसको भिड देखेपछि भागेको उनले बताए । बाघले बालकको शरीरको तल्लो भाग आधा खाएको अवस्थामा शव फेला परेको समेत प्रहरीले जनाएको छ । बालकको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ ।
(यो पोष्ट सक्दो शेयर गरेर अरुलाई पनि सावधानी अपनाऊन खवरदारी गरौं। आफ्नो टोल- छिमेकको खबर थाहा पाऊन
No comments:
Post a Comment