Tuesday, February 20, 2018

विप्लव बन्दआयो डरलाग्दो खबर



एका बिहानै बन्दको अवज्ञागरेपछि २ वटा ट्रकमा बन्दकर्ताहरुले आगजनी गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको बन्दको अवज्ञा गरेपछि मंगलबार बिहानै विराटनगरकाे २ स्थानमा आगजनी गरिएको हो ।बन्दकर्ता नेकपाका कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै मोरङको विराटनगरस्थित सलकपुर र ढाटमा माल बाहक ट्रकमाथि कारबाही स्वरुप ट्रकमा आगजनी गरिएको बताएका छन् ।नेकपाले आफ्ना नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पाेलिट ब्युराे सदस्य पदमबहादुर राई‘विकास’लगायतलाई आइतबार प्रहरीले युवाको सम्मेलनस्थलबाट बिनाकारण गिरफ्तार गरेको भन्दै आज नेपाल बन्द आयोजना गरेको छ ।
यसैबिच नेकपा सुनसरीले बन्दको अवज्ञा गर्ने जुनसुकैलाई नछोड्न भन्दै नेता कार्यकर्तालाइ निर्देशन दिएको छ । बन्दकर्ताहरुले बिहानैदेखि इटहरीको हल्गाडा रोडमा टायर बालेर आवत जावत अवरुद्ध गरेको समाचार छ ।यस्तै बन्दकै क्रममा बिहानै पाल्पा सदरमुकाममा शक्तिशाली बम विष्फोट भएको बताइएको छ । यस्तै काठमाडौँको आरएनएसी अगाडी प्रेसर कुकर बम रहेको बताइएको छ ।बेनी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार गरेको बन्दले बिहानै देखी म्याग्दीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण म्याग्दीबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी छुट्न सकेका छैनन्।
बेनीबाट पोखरा, काठमाण्डौ, नारायणगढ, बिरगंज, बुटवल लगायत बजारमा जाने सवारी नचल्दा गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका छन् । बन्दका कारण म्याग्दी सदरमुकाम बेनीका बजार उद्योग कलकारखाना सबै बन्द भएका छन् । सडकमा बालबालिकाहरु फुटबल, व्याडमिन्टन, खेलिरहेका भेटिन्छन् । बन्दकर्ताको अनुपस्थितीमै जिल्ला ठप्प भएको छ ।
बन्दकर्ताले एम्बुलेन्स, स्वास्थ्यचौकी, होटल तथा दुग्ध ढुवानीमा लाई सहज आवतजावत बाहेक अन्य सवारीसाधनलाई रोक्ने जनाएका छन् । प्रहरीले बजार तथा आसपासका क्षेत्रमा सुरक्षा ब्यवस्था कडा बनाएको छ ।बेनीबजारका विभिन्न चोकमा प्रहरीले गस्ती गरिरहेका छन् । सदरमुकाम बाहिरको जनजीवन समेत प्रभावित भएको छ ।बेनीबजारको केही पसल खुलेपनि अधिकांश बन्द छन् ।

No comments:

Post a Comment