Friday, March 9, 2018

राष्टपतीमा किक आउट गरेपछि झलनाथ खनालले अब विद्या र ओलीलाई देखाइदिन्छु…

राष्टपतीमा किक आउट गरेपछि झलनाथ खनालले अब विद्या र ओलीलाई देखाइदिन्छु…
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले एकीकृत पार्टीको नेतृत्व दाबी गरेका छन् । उनले त्यसको लागि अहिलेबाटै तयारीमा लागेको बताए ।अाफू निटक नेताहरुसँगको छलफलमा नेता खनालले पार्टीभित्र अन्तरघात बढेको बताउँदै त्यसलाई चिर्न पनि अाफूले सक्रिय राजनीति गर्ने बताए । राष्ट्रपतिको उम्मेदवार बन्‍न पार्टीभित्रका अन्तरघातीले रोकेको झनालको दाबी छ । छलफलमा सहभागी एक नेताका अनुसार नेता खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अाफू खुशी पार्टी चलाएको बताउँदै अब अाफूले पनि सक्रिय राजनीति गरेर देखाइदिने बताएका छन् ।विहीबार विहान एक संचारमाध्यमसँगको कुराकानीमा पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीले राष्ट्रपतिको उम्मेदवारमा विद्यादेवी सर्वसम्मत नभएको बताएका छन् । उपाध्यक्ष ज्ञवालीले राष्ट्रपति भण्डारीले शीतल निवासबाट एमालेभित्र गुटको राजनीति गरेको बताएका छन् ।

उपाध्यक्ष ज्ञवालीले उम्मेदवार चयनका विषयमा स्थायी समिति विभाजित भएको बताउँदै सकारात्मक सन्देश दिन अन्तिममा सर्वसम्मत निर्णय गरिएको बताए । अनलाईन डवलीबाट

No comments:

Post a Comment