Thursday, March 15, 2018

चीनको अर्को चमत्कार : यो बिमान चाइनाबाट अमेरिका २ घन्टामै पुग्छ ! जुन अन्य विमानलाई १४ घण्टा लाग्छ ! हेर्नुहोस भिडियोसहित

https://www.facebook.com/Masti-Comediy-1542576285823084/
एजेन्सी – चीनले विश्वमा चमत्कार गरिराखेको छ । चिनियाँ अनुसन्धानकर्ताले ‘हाइपरसोनिक’ विमानको नयाँ खाका सार्वजनिक गरेका छन् । उक्त खाका अनुसार ध्वनिको गतिभन्दा पाँच गुणाभन्दा बढी गतिको विमान बन्ने छ ।
बीबीसीले उल्लेख गरे अनुसार उक्त परिकल्पना अनुसार बेइजिङदेखि न्यूयोकसम्मको यात्रा केही २ घण्टामै पूरा गर्न सकिने छ । अहिलेका विमानमा यो दूरीको यात्रा गर्न १४ घण्टा लाग्छ । यस्तो अनुसन्धान सैन्य उपयोगिताका लागि भएको समाचारमा उल्लेख गरिएको छ । यद्यपी यस्तो गतिको विमानमा यात्रा कस्तो होला भन्ने बहस भने सुरु भइसकेका छन् । यस्तो विमानको गति नाप्नका निम्ति ध्वनिलाई आधार मानिने छ ।
समाचारमा उल्लेख भए अनुसार ध्वनिको गति भन्दा कम गतिलाई सबसोनिक भनिन्छ । अहिलेका विमानहरु सबसोनिक हुन् । सुपरसोनिकको अवधारणा भनेको ध्वनिको भन्दा तिब्र गति हो ।सुपरसोनिकको गति ध्वनिको भन्दा पाँच गुणसम्म हुनसक्छ । हाइपरसोनिकको गति भने ध्वनिको भन्दा पाँच गुणाभन्दा बढी गतिको हुन्छ ।

तपाईलाई यो पोस्ट कस्तो लाग्यो ? अवश्य कमेन्टमा लेख्नुहोला, मनपरे जानकारी शेयर गर्नु होला । थप जानकारीका लागि हाम्रो वेब साइटमा जानुहोस् धन्यबाद ।
https://www.facebook.com/Masti-Comediy-1542576285823084/

No comments:

Post a Comment