फागुन २७, काठमाडौँ । गृहमन्त्री रामवहादुर थापाले बलात्कारमा परेकी ८ वर्षीया बालिकालाई भेटी अपराधीलाई कडा भन्दा कडा कार्वाही गर्न लिखित प्रतिबद्धता जनाउनु भएको छ ।उपचार भइरहेको अस्पतालमा पुगेर गृहमन्त्री थापाले दोषीमाथि कडा भन्दा कडा कारबाही हुने बताउनुभएको हो ।
हामीले यस अघिको कार्यक्रममा देखाएका थियौ पर्साको पटरेवा गाउँपालिकामा आफ्नै छिमेकी युवाबाट बलत्कृत भएकी बालिकाको कथा । अहिले उपचारार्थ भर्ना भएकी बालिकाको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
कैलालीको घोडा घोडी नगरपालिकामा सारा गांउलाई साक्षी राखी एउटा बाबाले २० वर्षीया किशोरी राधा चौधरीलाई ६ घण्टा सम्म निरन्तर मुडकी हान्दै लात्ती बजारदै कुटपिट ग¥यो
बोक्सी प्रथा जस्तो कुरिती समाजबाट अझै निकाल्न सकिएको छैन थाहा छ । तर यहाँ त त्यो भन्दा पनि डरलाग्दो स्थिति देखियो ।
त्यत्रा मानिसहरू यस घटनाको सांक्षी बनेर, मुकदर्शक बनेर अझ भनौ लक्षी बनेर तमासा हेरेर बसे । तर त्यो भिडबाट अमानविय यो घटनाको विरोधमा एउटा, जाबो एउटा आवाज पनि आएन् ।
त्यो समाजमा भएको यो पहिलो घटना होइन तर क्यामेरामा रेकर्ड भएको भने पहिलो हुनसक्छ । गाउँ गांउमा नगर नगरमा र सहर सहरमा यस्ता ढोंगिहरु छन् जो महिला माथि कुटपिट लगायत अन्य हिंसाहरू गरिरहन्छन् । दुख यी ढोंगि बाबाहरू सल्वलाएकोमा होइन एउटा पुरै गाउलेले मुख सिलाएको, कान बन्द गरेको र आँखामा पट्टी बाँधेकोमा छ
६ घण्टा सम्म कुटाई खादा चिच्चाई चिच्चाई रोएको आवाजले एउटा मनलाई पनि पगालेन । तर रमितेको भिड भने ठुलै थियो । त्यस माथि जनप्रतिनिधि र प्रहरीको मिलेमतोमा यो अपराधमा संलग्न त्यो हैसियत नभएको दुई कौडीको तान्त्रीकलाई थुना मुक्त गराउने प्रयास भएछ ।
यो भन्दा ठुलो, यो भन्दा लाज लाग्दो र यो भन्दा घिन लाग्दो दृष्टान्त केही हुने छैन । यो घटनाको निन्दा गर्ने सम्पूर्ण शब्दहरू सायद शब्दकोशमा छैनन् होला तर आउनुहोस हामी सबै मिलेर लाज मान्दै मान्दै भए पनि तपाईँ हामी बाँचेको समाजको यो पीडाको पराकाष्टा सहितको रिपोट हेरौँ ।
No comments:
Post a Comment