धनुषामा बढी भत्ता पाउने चक्करमा ट्रिपर चालकको लापरवाहीले सडक दुर्घटना बढेपछि ट्राफिक प्रहरीले टाइम कार्ड लागू गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले मंगलबारदेखि जनकपुर ढल्केबर सडकखण्डमा चल्ने ट्रिपरहरुमाथि गति नियन्त्रण गर्न टाइम कार्ड लागू गरेको हो ।
जनकपुर–ढल्केबर सडक खण्डको मुजेलियामा रहेको ट्राफिक प्रहरीले डेस्क राखेर ट्रिपर चालकहरुलाई अत्यधिक गतिमा गाडी नचलाउन सुझाव दिँदै टाइम कार्ड वितरणसँगै यो नियम लागू गरेको छ । यस अभियानको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले उद्घाटन गर्नुभएको छ ।पछिल्लो समय ट्रिपर चालकहरुले अत्यधिक गतिमा गाडी कुदाउँदा सडक दुर्घटना भएर जनधनको क्षति हुनुको साथै सर्वसाधारण एवं अन्य सवारीसाधनलाई समेत आवतजावतमा असहज भएको छ । सोमबार मात्रै अत्यधिक गतिका कारण ज १ क २९३ नम्बरको ट्रिपरले किचेर धनुषाको बटेश्वर गाउँपालिका २ भूचक्रपुरको राष्ट्रिय प्राथमिक विद्यालय रमौली टोलका शिक्षक ५० वर्षका हरिनारायण यादवको ज्यान गएको थियो ।ट्राफिक प्रहरीले ट्रिपरको गति नियन्त्रण गर्न लगाएको नयाँ निमय अनुसार अब खाली ट्रिपर जनकपुरबाट ढल्केबर जान अथवा आउन एकतर्फी रुपमा एक घण्टा लागाउनु पर्ने छ । त्यस्तै निर्माण सामग्री लोड ट्रिपर एकतर्फी आउन अथवा जान डेढ घण्टा समय लाग्नु पर्ने धनुषाका ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले बताउनुभयो ।‘यदि तोकिएको समयभन्दा चाँडै ट्रिपर जनकपुर अथवा ढल्केबर पुगेमा तीव्र गतिमा गाडी चलाएको कसुरमा हदैसम्मको कारवाही गर्छौं’, ट्राफिक प्रहरी प्रमुख चौधरीले भन्नुभयो, ‘यदि बीच बाटोमै अत्यधिक गतिमा ट्रिपर चलाउँछ भने हामीलाई खबर गर्नुस्, हामी कारवाही गर्छौँ ।’ यो नियम बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म लागू हुने समेत उहाँले जानकारी दिनुभयो ।ट्रिपर चालकहरुको मासिक तलम कम भए पनि एक पटक निर्माण सामग्री ओसारेको ५ सय भत्ता गाडी मालिकले दिने गरेका छन् । जस अनुसार दिनमा जति ट्रिपर ओसारे त्यति नै फाइदा हुने मनसायले ट्रिपर चालकले अत्यधिक गतिमा गाडी कुदाउने गरेका छन् । यसबाट हुने सडक दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले टाईम कार्ड लागू
No comments:
Post a Comment