Thursday, April 12, 2018

साउदी अरेबीयामा घाँटी काटेर २४ घण्टा झुण्डाउने सजाय सुनाइएका धनुषाका उमेश यादवको फैसला हुदै

जनकपुरधाम, २६ चैत्त । साउदी अरेबीयामा घाँटी काटेर २४ घण्टा झुण्डाउने सजाय सुनाइएका धनुषाका उमेश यादवको फैसला हुने भएको छ ।
विगत १२ बर्षदेखि सउदीको जेलमा कैदी जीवन बिताईरहेका धनुषा कमला नगरपालिका वडा नं. ३ का ३७ बर्षिय उमेश यादवको मृत्यूदण्डको सजाय कार्यन्वयन हुने नहुने भनेर फैसला हुने बताइएको छ ।
सन् २००६ सालमै एक पाकिस्तानी नागरिकसँगको भनाभनकै क्रममा हुन पुगेको दुर्घटनामा दोषी करार दिँदै घाँटी काटेर २४ घण्टा चौराहामा झुण्डयाउने सउदी अदालतले आदेश दिएको छ ।
हालाकी, दुर्घटनामा ज्यान गएका पाकिस्तानी नागरिक मो. लतिपको परिवारले उमेशलाई आममाफीको लागि राजी भएको भन्दै सउदी सरकारले मृत्यूदण्डको सजाय तत्कालै स्थगित गरेको हो ।
दुर्घटनामा मृत्यू भएका मो. लतिपको श्रीमतिले सुरुमा उमेशसँग ७० लाख रुपैयाँ ब्लडमनी माग गरेको भएपनि केहीदिनपछि उनले अर्को विवाह गरेको तथा मृतक लतिपको आमाबुवाले उमेशको आममाफीको लागि भनिसकेको बुझिएको छ ।
लतिपकी श्रीमति र बुवाआमाबीच ब्लडमनीकै लागि तनावभएपछि ब्लडमनी चाहिएको वा नचाहिएको भनेर प्रष्ट समेत हुन नसकेपछि सरोकारबालाहरुसमेत अलमलमा परेका छन् ।

No comments:

Post a Comment